काठमाडौं : नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन्।
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ।पोखराको यो प्रतियोगिताको पहिलो खेल हो। गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो।
यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने रहनेछ।
टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij