काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जना भारतीय महिलालाई थाई गाँजा सहित पक्राउ गरेको छ। मंगलबार बिहान लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी छन् ।
आरोपीहरूको साथबाट १४ किलो थाई गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराले रातोपाटीलाई बताए । उनीहरू बाटिक एयरको उडान मार्फत थाईल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका हुन्।
बाटिक एयरको उडान नम्बर ओडी–१८२ हुँदै आएका उनीहरूमाथि शङ्का लागेपछि ब्यूरोको टोलीले चेकजाँच गरेको थियो । आरोपीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij