Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

धादिङको गजुरीमा तेल ट्यांकर र ईभी हाइस ठोक्किँदा १० जना घाइते

धादिङको गजुरीमा तेल ट्यांकर र ईभी हाइस ठोक्किँदा १० जना घाइते

धादिङ : धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा तेल ट्यांकर र ईभी हाइस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

मंगलबार दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०८३५ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३०१३ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका १० जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र मलेखुको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट