Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

ग्यास बिक्रेतालाई अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

ग्यास बिक्रेतालाई अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्रेतालाई अनिवार्य भ्याट बिल जारी गरेर मात्रै ग्यास बेच्न निर्देशन दिएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले सोमबार साँझ उक्त निर्देशनसहितको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको भन्दै गुनासो आउन थालेपछि निगमले यस्तो व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।निगमको एलपी ग्यास तथा एभिएसन विभागले जारी गरेको पत्रमा ग्यास बिक्री गर्ने केही बिक्रेताले बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको उल्लेख छ।

निगमले यो विषयमा यसअघि पनि निर्णय कार्यान्वयनका सम्बन्धमा २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित संस्थालाई पत्राचार गरेको स्मरण गराएको छ। तर, केही विक्रेताले ग्यास बिक्री गरेपछि पनि बिलबिजक जारी नगरेको गुनासो आएपछि निगमले पुनः ताकेता गरेको हो।निगमको पत्रमा ग्यास बिक्री गर्ने बिक्रेताले ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउन भनिएको छ। 

बिक्री भएको ग्यासको बिलबिजक जारी गर्नुले कारोबारलाई पारदर्शी बनाउन, बिक्रीको अभिलेख व्यवस्थित राख्न र करसम्बन्धी प्रावधानको पालनामा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट