चितवन : भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले भूमिहीन सुकुम्बासीका समस्या समाधानका लागि महानगरपालिका सकारात्मक रहेको बताएका छन्।मंगलबार महानगरपालिकाको आफ्नै कार्यकक्षमा विभिन्न वडाका भूमिहीन सुकुम्बासीहरूसँग भएको भेटघाट तथा छलफलका क्रममा अधिकारीले उनीहरूका समस्या समाधानका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
छलफलका क्रममा भूमिहीन सुकुम्बासीहरूले आफूले भोग्दै आएका समस्या, गुनासा तथा अपेक्षाहरू कार्यवाहक नगर प्रमुख अधिकारीसमक्ष राखेका थिए। अधिकारीले सहभागीका गुनासा ध्यानपूर्वक सुन्दै नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताए।भूमिहीन सुकुम्बासीका जायज माग सम्बोधन गर्न सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे।भूमिहीन सुकुम्बासीका समस्या समाधानका लागि महानगरपालिकाले आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता जनाउँदै अधिकारीले नागरिकका समस्या सम्बोधन गर्न महानगरपालिका सदैव साथमा रहने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij