Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

धनुषाका एसपी खड्काले दिए रास्वपाका जिल्ला सभापति यादवलाई कानुनी कारबाही गर्ने चेतावनी

धनुषाका एसपी खड्काले दिए रास्वपाका जिल्ला सभापति यादवलाई कानुनी कारबाही गर्ने चेतावनी

जनकपुरधाम :धनुषाका एसपी खड्काले दिए रास्वपाका जिल्ला सभापति यादवलाई कानुनी कारबाही गर्ने चेतावनी  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन् । एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका छन् । सोमबार धनुषामा आयोजिक एक कार्यक्रममा यादवले एसपी खड्कालाई एक नम्बरको भ्रष्टाचारी, घुसखोरी र दलाल भन्दै आलोचना गरेका थिए ।

एसपी खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै नत्र कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् । एसपी खड्काले जारी गरेको विज्ञप्तिअनुसार यादवले गत भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौँ जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको थियो । तर, यादवले महिलाको मञ्जुरीबिना विवाह भएको भन्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन प्रहरीमाथि दबाब दिएका थिए । मागअनुसार काम नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत उनले दिएको दावी विज्ञप्तिमा गरिएको छ ।

‘गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप मविरुद्ध अनर्गल र तथ्यहीन आरोप लगाइएको स्पष्ट छ,’ ए एसपी खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो व्यक्तिगत मर्यादामा आँच आउनेगरी आपत्तिजनक मनगढन्ते र द्वेषपूर्ण आरोपहरू लगाई निजले गरेको तुच्छ टिप्पणीप्रति घोर भत्र्सना गर्दछु ।’ एसपी खड्काले आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै तथ्य र प्रमाणबिना कसैको प्रतिष्ठामा आँच पुर्‍याउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट