Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

एसपीएलको टिकट मूल्य निर्धारण, साधारणतर्फ ५०० देखि

एसपीएलको टिकट मूल्य निर्धारण, साधारणतर्फ ५०० देखि

काठमाडौँ  :  नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसपीएल) का खेलहरूको टिकट मूल्य निर्धारण गरेको छ।

क्यानले सार्वजनिक गरेको मूल्यसूचीअनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानका अनुसार टिकटहरू आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ।

नेपाल प्रिमियर लिगमा यसपटक पनि क्रिकेटप्रेमीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

pp_1yCp8EDITK.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट