Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितवन–मुग्लिनका होटलमा सरकारी अनुगमन : ‘दाल भात पावर’ सर्वोत्कृष्ट

चितवन–मुग्लिनका होटलमा सरकारी अनुगमन : ‘दाल भात पावर’ सर्वोत्कृष्ट

काठमाडौं : चितवन जिल्लास्थित पृथ्वी राजमार्गको चितवन–मुग्लिन खण्डको १७ होटेलमध्ये एक होटेलले मात्रै खानाको गुणस्तरीयताको आधारमा सरकारबाट तीन तारे स्टिकर अर्थात अति उत्तमको उपाधि प्राप्त गरेको छ ।सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने सर्वसाधारणलाई राजमार्गका होटल तथा रेस्टुरेन्टहरूले अस्वस्थकर र न्यून गुणस्तरको खाना खुवाएर ठगी गरिरहेको गुनासोपछि सरकारले कडाईको साथ नियमन गर्न सुरु गरेको छ ।धादिङ जिल्लास्थित विभिन्न होटेल तथा रेस्टुरेन्टमा नियमन पश्चात् चितवन जिल्लामा गरिएको नियमनको क्रममा १७ होटेल रेस्टुरेन्टमध्ये १ होटेलमात्रै अब्बल दर्जाको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार र बुधबार चितवन–मुग्लिन खण्डको १७ वटा होटेल तथा रेष्टुँरामा गरेको अनुगमनको क्रममा मुग्लिनको इच्छाकामना ५ स्थित ‘दाल भात पावर’ नामको होटेल खानाको गुणस्तरीयताको सवालमा सर्वोत्कृष्ट ठहरिएको छ ।विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार पृथ्वी राजमार्गस्थित चितवन–मुग्लिन खण्डको उक्त होटेलमा भान्छादेखि खाना खुवाउने कोठासम्मको सरसफाई, गुणस्तरीय कच्चा खाद्यान्न पदार्थ र खाना तथा खाजा पनि स्वस्थ्यकर र उच्च गुणस्तरको पाइएकाले उक्त होटेललाई सबैभन्दा उच्च स्तरको स्तरीकरण स्टिकर(अति उत्तम–तीन तारासहितको हरियो स्टिकर क वर्ग) उपलब्ध गराइएको छ ।


विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले चितवन जिल्लाको रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिनको विभिन्न होटेल तथा रेष्टुँराको अनुगमन गरी स्तरीकरण गरेको थियो ।अनुगमनका क्रममा राजमार्गका १७ मध्ये एउटा मात्र होटलले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । ‘दाल भात पावर’ ले मात्र उच्चतम मापदण्ड पूरा गरी ‘अति उत्तम’ स्तरसहित तीन तारा अंकित हरियो स्टिकर प्राप्त गरेको छ ।अनुगमन टोलीले खाद्य स्वच्छता र गुणस्तरका आधारमा होटलहरूलाई ‘अति उत्तम’ (३ तारासहितको हरियो स्टिकर–ए), ‘उत्तम’ (२ तारासहितको हरियो स्टिकर–बी), ‘सन्तोषजनक’ (१ तारासहितको हरियो स्टिकर–सी) र ‘सामान्य’ (पहेंलो स्टिकर–डी) गरी चार तहमा वर्गीकरण गरेको हो ।त्यस्तै भरतपुर–१ रामनगरस्थित ‘होटल राइस प्यालेस थकाली भान्सा घर तथा लज’ ले ‘उत्तम’ स्तर पाउँदै दुई तारासहितको हरियो स्टिकर हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट