Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाली कांग्रेस रत्ननगर–९ को शुभकामना आदान–प्रदान, अग्रज सम्मान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रत्ननगर–९ को शुभकामना आदान–प्रदान, अग्रज सम्मान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन : नेपाली कांग्रेस वडा कार्यसमिति, रत्ननगर नगरपालिका–९, चितवनको आयोजनामा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान, अग्रज सम्मान तथा पदहस्तान्तरण कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका निवर्तमान नगरसभापति तथा क्षेत्रीय सभापति आदरणीय प्रह्लाद सापकोटाज्यू रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा स्वास्थ्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व वरिष्ठ कन्सल्टेन्ट डा. कृष्ण पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा नवनिर्वाचित महाधिवेशन प्रतिनिधि माधवप्रसाद आर्याल, निवर्तमान वडा सभापति अनन्त अधिकारीलगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

पार्टी संगठन निर्माण, विस्तार तथा सुदृढीकरणमा विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने पूर्व वडा सभापतिहरू भूमेश्वर रिजाल, भूपेन्द्रप्रसाद अधिकारी, बाबुराम ढुंगानालगायत अग्रज नेता तथा कार्यकर्ताहरू गरी कुल २७ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।यसै क्रममा पार्टी संगठन तथा राजनीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि आदरणीय प्रह्लाद सापकोटाज्यूलाई विशिष्ट सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमले पार्टीप्रति अग्रजहरूले पुर्‍याउनुभएको त्याग, समर्पण र योगदानको स्मरण गर्दै उहाँहरूप्रति आदर, सम्मान तथा कृतज्ञता व्यक्त गरेको थियो।

कार्यक्रमकै अवसरमा निवर्तमान वडा सभापति अनन्त अधिकारीको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले केशवबहादुर मल्लको नेतृत्वमा रहेको नवनिर्वाचित वडा कार्यसमितिलाई पदहस्तान्तरण गरेको थियो।अग्रजहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै नयाँ नेतृत्वको ऊर्जा, उत्साह र प्रतिबद्धतासहित पार्टी संगठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको अन्त्यमा वडा कार्यसमितिका सचिव सूर्य चन्द्र खतिवडाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

उहाँले राजनीतिक संस्कार, अग्रजप्रतिको सम्मान, युवाको ऊर्जा र एकताबद्ध संगठन नै सुदृढ कांग्रेस निर्माणको आधार भएको उल्लेख गर्दै भन्नुभयो, “अग्रजको सम्मान, युवाको ऊर्जा र एकताबद्ध संगठन—सुदृढ कांग्रेस निर्माण हाम्रो अभियान।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट