काठमाडौँ : प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे।
म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम सडक खण्डमा गत असोज १० गते पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु गराइएको छ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२, ३ र सोही गाउँपालिका-९ नयाँपुल क्षेत्रमा असोज २५ गतेकाे बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोतिमा रहेको फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने मुख्य राजमार्ग बाढीका कारण ठप्प भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij