Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पूर्वराजा ज्ञानेन्द्रको दसैँ शुभकामना : राष्ट्रिय एकता र आत्मनिर्भर नेपाल निर्माणमा जोड

पूर्वराजा ज्ञानेन्द्रको दसैँ शुभकामना : राष्ट्रिय एकता र आत्मनिर्भर नेपाल निर्माणमा जोड

काठमाडौँ  : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।    शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।   

 भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताएका छन्।   

क्षतिग्रस्त भौतिक संरचनाको द्रुत पुनर्निर्माण र पीडितको तत्काल पुनस्थापनालाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्। बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक सजगता अपनाउनुपर्ने उनको भनाइ छ।

देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलको स्थितिमा रहेको भन्दै प्रजातान्त्रिक विधि-प्रक्रियालाई सुदृढ बनाएर अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने सन्देशमा उल्लेख छ।  

नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी बनाउने विश्वास व्यक्त गर्दै उनले विभाजित होइन एकीकृत, र परनिर्भर होइन आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरेका छन्।   

849604583_4564085303920544_7867910157364396365_n_Bw7Ibn5wzi.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट