Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन

जनकपुरधाम :  प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ ।प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।

उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij