Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नारायणगढ-मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द

नारायणगढ-मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द

चितवन : रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनीलगायतका स्थानमा सडक अवरुद्ध भएपछि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले  सूचना जारी गर्दै सम्बन्धित निकायबाट सडक अवरोध हटाउन केही समय लाग्ने जानकारी प्राप्त भएकाले अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

प्रशासनले बाढीको जोखिम पूर्ण रूपमा निवारण भइनसकेको भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

साथै बाढी, पहिरो तथा सवारी आवागमनसम्बन्धी कुनै सूचना, जानकारी वा समस्या परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

788105602_37989321130683382_7669974749030101121_n.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij