Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढीका कारण १९ पुलमा ठूलो क्षति, ४० किलोमिटर सडक भत्कियो

बाढीका कारण १९ पुलमा ठूलो क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं : त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।

बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ। विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ।

त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ। विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम तीव्र बनाइएको जनाएको छ। हालसम्मको विवरण प्रारम्भिक भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij