Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आकस्मिक बाढीले टिमुरे बजारमा ठूलो क्षति, मुग्लिनसम्म सतर्कता अपनाउन आग्रह

आकस्मिक बाढीले टिमुरे बजारमा ठूलो क्षति, मुग्लिनसम्म सतर्कता अपनाउन आग्रह

रसुवाः रसुवा जिल्लामा आज बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पु¥याएको छ। बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुगेको प्रहरीले जानकारी दिएको हो।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै वटा घरहरू बगाएको छ। ‘त्यहाँ ५–७ वटा घर मात्र बाँकी छ भन्ने प्रारम्भिक सूचना आएको छ। क्षतिको यकिन विवरण आएको छैन,’ रेग्मीले भने।

उनका अनुसार इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकोमा हालसम्म ८ जनामात्र सम्पर्कमा आएका छन्। थप विवरण बुझ्ने प्रयास भइरहेको उनले बताए।

यता, बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै रसुवाको भोटेकोसी नदीमा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij