Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १० घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १० घाइते

कामठाडौँ : स्याङजाको गल्याङ नगरपालिका- ०८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सोमवार साँझ करिब ५:४५ बजे गल्याङबाट गल्याङ नगरपालिका –०९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

जीपमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको र घाइते तथा मृतकहरूको परिचय खुल्न बाँकी रहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij