नवलपुर : आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउन देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकाको लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सुरु गरिएको छ।
दुवै नगरपालिकाको साझेदारीमा सञ्चालन हुने दमकल सेवाले आगलागी, विपद् तथा आपत्कालीन अवस्थामा तत्काल उद्धार तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दमकल सेवा आवश्यक परेमा ९८५७०००२०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। स्थानीयस्तरमा विपद् व्यवस्थापन तथा आपत्कालीन सेवा थप प्रभावकारी बनाउन यो साझेदारी महत्वपूर्ण हुने नगरपालिकाहरूको अपेक्षा छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij