Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं : बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij