Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौं : ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्।

नेपाल सरकार र ऋणी प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमति कार्यान्वयनसँगै सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको हो।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij