Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बासुदेव खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो

बासुदेव खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बासुदेव खोलाले बगाएर बेपत्ता ११ वर्षीया सुमित्रा ब्लोनको शव घटना भएको तीन दिनपछि आज बिहान फेला परेको छ।

साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कदा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो।

यसअघि ८ वर्षीया रोशनी स्याङतान घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

१२ वर्षीया बिनिता ब्लोनको शव पनि घटनाको भोलिपल्ट फेला परेको थियो। घटनामा १३ वर्षीया सीमा ब्लोन भने आफैं खोलाबाट निस्कन सफल भएकी थिइन्। उनको उपचार भइरहेको छ। उनीहरु सबै राक्सिराङ–१, मकवानपुरका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij