Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

३०० मिटर तल जेसीबी खस्दा चालकको मृत्यु

३०० मिटर तल जेसीबी खस्दा चालकको मृत्यु

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित नयाँवनको भित्री सडकखण्डमा सडक निर्माणका क्रममा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी अचानक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा परेर बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै घाइते लामिछानेलाई उपचारका लागि कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। 

तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij