Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नाबालिकालाई प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गर्ने युवक पक्राउ

नाबालिकालाई प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गर्ने युवक पक्राउ

काठमाडौँ : नाबालिकालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गरेको तथा रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।नेपाल प्रहरी साइबर ब्यूरो, भोटाहिटीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदिप कटुवाल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कटुवालले फेसबुकमा नाबालिकासँग साथी बनेर उनलाई प्रलोभनमा पारेको, त्यसपछि अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको र रकमसमेत माग गरेको विषयमा निवेदन परेको थियो।

उक्त निवेदनका आधारमा साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आरोपमा संलग्न रहेको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई २०८३ भदौ ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कटुवालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरी उपरीक्षक दिलीप कुमार गिरी अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij