मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौँडा–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूलाई बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना बालबालिकालाई स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाएको खबरले आफू स्तब्ध भएको मुख्यमन्त्री बानियाँले बताए। मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै बेपत्ता बालबालिकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। उनले आवश्यक स्रोतसाधनसहित तत्काल कार्यक्षेत्रमा परिचालन हुन सुरक्षा निकाय तथा सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्। उनले बेपत्ता रहेका अन्य बालबालिकाहरूको सकुशल उद्धार हुने विश्वास र कामना समेत व्यक्त गरे।
सो घटनामा परी एक बालिकाको मृत अवस्थामा फेला परेकी छिन् भने अन्य बालबालिकाहरू अझै बेपत्ता छन्। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले बेपत्ता बालबालिकाको खोजी गरिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij