Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बासुदेव खोलाले चार जना विद्यार्थी बगायो

बासुदेव खोलाले चार जना विद्यार्थी बगायो

मकवानपुर :   हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले ४ विद्यार्थीलाई बगाएको छ। विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ४ विद्यार्थीलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएको हो।सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको जनाइएको छ। घटनापछि उनीहरूको खोजी कार्य जारी रहेको र एक जनाको उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए।

उनका अनुसार घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको र हराएका विद्यार्थीहरुको खोजी कार्य भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij