Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जिल्ला प्रशासन कार्यालय चितवनको परिसरबाटै मोटरसाइकल चोरी

जिल्ला प्रशासन कार्यालय चितवनको परिसरबाटै मोटरसाइकल चोरी


चितवन :  जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ। राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका वीरबहादुर तामाङको मोटरसाइकल कार्यालय परिसरबाटै चोरी भएको हो।
तामाङको नाममा तथा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाममा रहेको बागमती प्रदेश ०६–००८ प २७१७ नम्बरको पल्सर १५० सीसी मोटरसाइकल यही साउन २२ गते दिउँसो चोरी भएको बताइएको छ।
तामाङका अनुसार राष्ट्रिय परिचयपत्र बुझ्नका लागि कार्यालयको माथिल्लो तल्लामा पुगेका उनी करिब दुई घण्टापछि फर्किँदा मोटरसाइकल पार्किङस्थलमा नभेटिएको हो। त्यसपछि तत्कालै मोटरसाइकल हराएको जानकारीसहित जिल्ला प्रहरी कार्यालय, चितवनमा लिखित निवेदन दिइएको उनले बताए।
घटनापछि जिल्ला प्रशासन कार्यालय परिसरमा जडान गरिएको सीसीटीभी फुटेजसमेत हेर्दा दुई जना व्यक्तिहरू पारस बसपार्कतर्फबाट मोटरसाइकलमा आएको र दिउँसो २ बजेर २१ मिनेटको समयमा पार्किङस्थलबाट उक्त मोटरसाइकल लिएर गएको देखिएको तामाङले जानकारी दिए।
कार्यालय परिसरमै मोटरसाइकल चोरी भएपछि प्रशासनिक कार्यालयको सुरक्षा व्यवस्थामाथिसमेत प्रश्न उठेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको र चोरी भएको मोटरसाइकल तथा संलग्न व्यक्तिको खोजी भइरहेको बताइएको छ।
चोरीमा संलग्न व्यक्तिको पहिचान तथा मोटरसाइकल बरामदका लागि सीसीटीभी फुटेज अनुसन्धानमा महत्वपूर्ण प्रमाण बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट