काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवाका वरिष्ठ विशेषज्ञ हुन् । उनी लामो समयदेखि गंगालाल हृदय केन्द्रमा कार्यरत रहँदै एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।
केन्द्रले उनको नेतृत्वमा हृदय उपचार सेवा, शल्यक्रिया व्यवस्थापन तथा संस्थागत सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij