चितवन : युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रा.लि. ले माउन्टेनमग कफी स्कुल, ललितपुरमा साझेदारी गरेको छ।
माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त स्कुल ललितपुरको कुमारीपाटीबाट सञ्चालन हुँदै आएको छ। स्कुलले स्किल डेभलपमेन्ट क्यानडाको एक्रीडेशनमा कफी तथा क्याफे उद्योगका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ।
स्वर्णिम अनुभव प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत कुसुम केसी ले माउन्टेनमग कफी स्कुलसँगको सहकार्यले संस्थाले विगत एक दशकदेखि सञ्चालन गर्दै आएको युवा उद्यमशीलता तथा सीप विकास अभियानलाई थप प्रभावकारी र सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार स्वर्णिम अनुभवले विगत १० वर्षदेखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै देशका विभिन्न जिल्लामा युवाहरूलाई सचेतना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। माउन्टेनमग कफी स्कुलसँगको यो साझेदारीले नेपाली कफी उद्योगका लागि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij