बाँके : नेपालगन्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरीकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आज बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ ।मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij