काठमाडौँ : सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव विस्तारै साम्य बन्दै गएको छ।सिरहाको गोलबजार क्षेत्रको कर्फ्यु हटाएपछि बजारमा पुनः चहलपहल देखिन थालेको छ भने जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
सिरहाको गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु हटाइएपछि केही दिनदेखि सुनसान बनेको बजारमा सर्वसाधारण आवश्यक सामग्री खरिद, बैंकिङ सेवा तथा दैनिक कामकाजका लागि बाहिर निस्किन थालेका छन्।व्यवसायीहरूले पनि पसल सञ्चालन सुरु गरेसँगै बजारको गतिविधि विस्तारै लयमा फर्किएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij