Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि

एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि

काठमाडौँ : नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई बिहीबार पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।

कार्यदलको सुरुका बैठकमा अधिकारी सहभागी भए पनि पछिल्ला दिनमा सहभागी हुन छाडेका थिए । कार्यदलको काम कारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको जस्ता कारणले सरकारको भूमिका स्पष्ट गर्न माग गर्न माग गरे पनि सुनुवाइ नभएको एमालेको भनाइ छ ।

वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेको भन्दै त्यसविपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य कार्यदलको देखिएको एमालेको आरोप छ ।

‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु’, महासचिव पोखरेलले पठाएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट