Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

यी हुन् बाढी–पहिरोका कारण अवरुद्ध राजमार्ग

यी हुन् बाढी–पहिरोका कारण अवरुद्ध राजमार्ग

काठमाडौँ  :  देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल त्यहाँ एकतर्फी यातायात सुचारु गरिएको छ । 

बागमती प्रदेशमा बिपी राजमार्गको खुर्कोट(नेपालथोक खण्डमा बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी(फाखेल(फर्पिङ सडक खण्ड यो महिनाको २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ । यस्तै, ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ ।


गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी(जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट