Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आज बागमतीसहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

आज बागमतीसहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौंः देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशका केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ। तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। 

मधेस र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। 

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भुभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 
मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले मनसुन थप सक्रिय हुँदै गएको बताएका छन्। ‘आज साँझसम्म पश्चिम तराई (कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ,’ उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजदेखि भोलि पूर्वी तराईलगायतमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।’ बढी सावधानी आज आवश्यक रहेको उनले बताएका छन्। 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट