Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

तिलिचो भक्ति यात्रा सम्पन्न

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ : तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ।श्री १००८ स्वामी ऋषि प्रपन्नाचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो। विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरूले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो।

मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी भएका थिए।

प्रपन्नाचार्यसहित सहभागीहरू भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिए।भक्तजनहरूबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पुर्‍यायाएको गुरु रेग्मीले उल्लेख गरे।

टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पुर्‍याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ।यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ।

यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij