Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

परीक्षामा जफत गरेका मोबाइल र डाटा नष्ट नगर्नू : सर्वोच्च अदालत

परीक्षामा जफत गरेका मोबाइल र डाटा नष्ट नगर्नू : सर्वोच्च अदालत

काठमाडौँ  : सर्वोच्च अदालतले सिराहामा परीक्षामा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ।अधिवक्ता अनिलकुमार साहलगायतले दायर गरेको रिटमा बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले  सुनुवाइ गर्दै यो आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालय सिराहाको २०८२ वैशाख १३ गतेको सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र त्यसको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ।


रिट निवेदकको तर्फबाट अधिवक्ताहरू विकास यादव र अनिलकुमार साहले बहस गरेका थिए। बहसपछि अदालतले सुविधा र सन्तुलनको दृष्टिले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म ती सामग्री नष्ट गर्न नहुने ठहर गरेको छ।  यो विषयमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न ‘कारण देखाऊ’ आदेश समेत जारी गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट