Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भारतबाट फर्किएका परराष्ट्रमन्त्री खनाल चीन जाँदै

भारतबाट फर्किएका परराष्ट्रमन्त्री खनाल चीन जाँदै

काठमाडौंः परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन्। भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो। स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ।

त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई  भेट्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा नेपाली डायस्पोरासँग अन्तक्र्रिया पनि गर्नेछन्। उनी १७ तारिखमा फर्किने कार्यक्रम रहेको छ। मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट