Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

किचकबधमा नवौँ चरणको उत्खनन शुरु

किचकबधमा नवौँ चरणको उत्खनन शुरु

झापा : भद्रपुर नगरपालिका-३ स्थित ‘किचकबध’स्थलमा पुरातत्त्व विभागको टोलीले नवौँ चरणको उत्खनन शुरु गरेको छ।पुरातत्त्व विभागबाट आएको दुई सदस्यीय टोलीले स्थानीयको सहयोगमा किचकबध स्थलमा उत्खनन शुरु गरेको हो। महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको उक्त स्थानमा यही जेठ ८ गतेदेखि नवौँ चरणको उत्खनन गरिएको पुरातत्त्वविद् उद्धव आचार्यले बताए। उनको नेतृत्वमा विभागको टोली उत्खननमा खटिएको छ।

जेठभित्र वर्षको उत्खनन सकिने उनले जानकारी दिए। त्यस ठाउँमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको छ। विगतमा उत्खनन गर्न बाँकी रहेका स्थानमा योपटक काम थालिएको उनले बताए। दश बिघा क्षेत्रफलमा फैलिएको किचकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएकाले प्राचीन महत्त्वका संरचना तथा वस्तु नष्ट हुने उच्च जोखिम छ।किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किचक’ नामका ‘सालो’ थिए। यहाँ उनको दरबार थियो। पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेको कारण भीमसेनले विराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका थिए। त्यसैकारण यो ठाउँलाई किचकबधस्थल भनिन थालेको स्थानीय बताउँछन्।

किचकबध स्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी भने हुन सकेको छैन। थोरै बजेट भएकाले उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको पुरातत्वविद् आचार्यले बताए।

उनका अनुसार विगतमा यहाँ भएका उत्खननबाट २ हजार २०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो।त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्त्व विभागले संरक्षण गर्दै आएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट