Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

श्रीमतीको हत्या आरोपमा नेपाली ब्रो पक्राउ

श्रीमतीको हत्या आरोपमा नेपाली ब्रो पक्राउ

काठमाडौं  ः नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। बालाजुमा उनले आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा शुक्रवार बेलुका पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। रड लागेर घाइते भएकी उनलाई शिक्षण अस्पताल माहराजगञ्ज लगिएकोमा बेलुका साढे ११ बजे मृत्यु भएको थियो।

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट