काठमाडौँ : एसएसपीमा बढुवा भएका अमरेन्द्र बहादुर सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टरमा काज सरुवा गरिएको छ।उनलाई बिहीबार प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टर स्थित कार्य विभागमा काज सरुवा गरेका हुन्।
सिंहलाई शुक्रबार आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरेका थिए। बढुवा समितिको सिफारिस अनुसार गृह मन्त्रालयले उनलाई बिहीबार एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सिंह जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij