Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुख्यसचिव बनाउन प्रधानमन्त्रीलाई म्यासेज गरेका सचिव पुस्कर ६ घण्टा प्रहरी हिरासतबाट मुक्त

मुख्यसचिव बनाउन प्रधानमन्त्रीलाई म्यासेज गरेका सचिव पुस्कर ६ घण्टा प्रहरी हिरासतबाट मुक्त

काठमाडौं : उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर ६ घण्टा प्रहरी हिरासतबाट मुक्त भएका छन्। मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा राति रिहा भएका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो। प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछपछि रिहा भएका हुन्।

प्रहरी स्रोतका अनुसार कर्मचारीको पदीय मर्यादाविपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपुछका लागि प्रहरी कार्यालय लगिएको थियो। उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुन्। पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज लेखेका थिए। लेखिएको भाषा कर्मचारीको मर्यादाविपरीत भएको प्रहरी स्रोतले जनायो।

उनले मुख्यसचिव बन्ने दौडका क्रममा प्रधानमन्त्रीलाई सीधै म्यासेज लेखेका थिए। पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन्। उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुन्छन्। आफू पदमा बहाल रहेकै अवस्थामा मुख्यसचिव बन्नुपर्ने उनको माग थियो।

प्रहरीलाई पुष्करले बताएअनुसार प्रधानमन्त्री कार्यालय र निजी सचिवालयका कर्मचारी प्रधानमन्त्रीसमक्ष आफ्नो माग राख्न प्रधानमन्त्रीलाई भेट्न नपाएपछि म्यासेज गरेका थिए। तर, अशिष्ट भाषा नलेखेको बताए। उनलाई प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा फेरि त्यस्तो कार्य नगर्ने शर्तमा रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट