Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

टायर पड्किएर रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चालक घाइते

टायर पड्किएर रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चालक घाइते

 नवलपुर :  देवचुली नगरपालिका–१४ प्रगतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार राति करिब १०ः५० बजे कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडक किनारमा रोकी मर्मत गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यबिन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ ९थारु० गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकोमा राति ११ः२५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक भारतका २६ वर्षीय विशाल कुमार श्रीवास्तव घाइते भएका छन्। उनको बाँया खुट्टा र मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक बर्दघाट नगरपालिका–१० भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट