Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आँबुखैरेनी नजिकै सवारी दुर्घटना हुदा दुई जना घाइते

आँबुखैरेनी नजिकै सवारी दुर्घटना हुदा दुई जना घाइते

आँबुखैरेनी : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै शुक्रबार विहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार

मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना.३ च. ९६२२ नम्बरको तरकारी बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ख. २०७० नम्बरको कन्टेनर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरो चालक तनहुँको व्यास नगरपालिका–१२ निवासी ३१ वर्षीय सुनिल विक गम्भीर घाइते भएका छन्। त्यस्तै बोलेरोमा सवार भानु नगरपालिका–१२ निवासी १९ वर्षीय रितीक अधिकारीको टाउको तथा दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट