Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पर्यापर्यटन प्रवर्द्धन जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि, तथा पदयात्रा कार्यक्रम

पर्यापर्यटन प्रवर्द्धन जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि, तथा पदयात्रा कार्यक्रम


गोरखा :  डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा गोरखाको अजिरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा सिमसार संरक्षण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पारिस्थितिकीय महत्व बोकेको प्रसिद्ध नागेपोखरी क्षेत्रमा संरक्षण, पर्यापर्यटन  प्रवर्द्धन , जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि तथा यसको पारिस्थितिकीय महत्वबारे जानकारी प्रवाह गर्ने उद्देश्यले दुई दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको हो । 
कार्यक्रममा सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन तथा यसको महत्वबारे छलफल गरिएको थियो। सिमसार क्षेत्र जैविक विविधता संरक्षण, जलस्रोत व्यवस्थापन तथा वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण भएकाले यसको संरक्षणमा स्थानीय समुदायको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

06d56484-bb0f-45de-989a-26a2fa3cfd75.jfif
undefined


कार्यक्रममा सहभागीहरूले सिमसार संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा अजिरकोट गाउँपालिका अध्यक्ष जिल्लास्थित सञ्चारकर्मीहरू सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू, डिभिजन वन अधिकृतसहित वन कार्यालयका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
डिभिजन वन अधिकृत मदन मोहन शाण्डिल्यको  सभापतित्व तथा गाउँपालिका अध्यक्ष दीपक देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट