Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुरका पोलमा रहेका अव्यवस्थित तार हटाउन सुरु

भरतपुरका पोलमा रहेका अव्यवस्थित तार हटाउन सुरु

चितवन : भरतपुर महानगरपालिका भित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का पोलमा जथाभावी राखिएका अव्यवस्थित तार हटाउने काम सुरु गरिएको छ। महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सेवा प्रदायक संस्थाका प्रतिनिधिबीच छलफल भएपछि तार व्यवस्थापनको काम अघि बढाइएको हो। महानगरपालिकाका इन्जिनियर सुरेश बोट का अनुसार इन्टरनेट सेवा प्रदायक संस्थाका कर्मचारीहरुले आफ्ना तार आफैँ व्यवस्थापन गरिरहेका छन् भने आवश्यक सहजीकरण र सहयोग नगर प्रहरीले गरिरहेको छ।

उनले महानगरको अगुवाइमा पोलमा जथाभावी रहेका तार हटाएर सहरी क्षेत्रलाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने अभियान सञ्चालन गरिएको बताए। यस्तै, महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले स्थानीय प्रशासनसँगको बैठकपछि इन्टरनेट सेवा प्रदायकहरुलाई अव्यवस्थित तार तत्काल हटाउन निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार अव्यवस्थित तारका कारण सहरी क्षेत्र कुरुप देखिनुका साथै दुर्घटनाको जोखिमसमेत बढेकाले तार व्यवस्थापनमा कडाइ गरिएको हो। उनले समयमै आफ्नो तार व्यवस्थापन नगर्ने सेवा प्रदायकका तार नगर प्रहरीले हटाउने चेतावनीसमेत दिएका छन्। महानगरपालिकाका नगर प्रहरी तथा विभिन्न सेवा प्रदायक संस्थाका प्राविधिक टोलीले वैशाख २७ गतेदेखि निरन्तर रुपमा पोलमा रहेका अव्यवस्थित तार हटाउने काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij