कैलाली : कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर त्यस्ता बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व निर्वाह गर्न थालेको हो । विसं २०८१ मा अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा आएसँगै १७ जना बालबालिकाको अभिभावकत्व नगरपालिकाले निर्वाह गर्दै आएको छ ।
“यहाँ घरायसी वातावरणमा अभिभावकको अभाव अनुभूति नहुने गरी हामीले बालबालिकाको हेरचाह गर्दै आएका छौँ ।“ विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीले भने “उहाँहरुलाई आवश्यकताअनुसार सुविधा प्रदान भइरहेको छ । शिक्षामा अझै बढी ध्यान दिइएको छ ।”, उनका अनुसार बालबालिकाको सबै आवश्यक व्यवस्थापनको जिम्मा विद्यालय प्रशासनले नै लिएको छ । नगरपालिकाले एकमुष्ट विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट भुक्तानी गर्दै आएको छ । त्यही रकम विद्यालयले मापदण्डअनुसार खर्च गर्दै आएको प्रधानाध्यापक घर्तीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij