Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विद्यालय भत्काउने सरकारलाई राउतको प्रश्न– सेना कुन जग्गामा बसेको छ ?

विद्यालय भत्काउने सरकारलाई राउतको प्रश्न– सेना कुन जग्गामा बसेको छ ?

काठमाडौँ :  जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्– 'सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ ? छुनै नहुने अति संरक्षित वन(जङ्गलभित्र सैकडौं हजारौँ रोपनी मिचेर होइन ?'

उनी थप लेख्छन्– 'गरीब सुकुम्वासी पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला, हिम्मत भए संरक्षित र संवेदनशील वनजंगल तथा क्षेत्रहरूबाट सेनाका ब्यारेकहरू भत्काएर  देखाऊ, गरीबमारा सरकार।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij