Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेप्सेमा २५.८१ अंकको गिरावट, पाँच अर्बको सेयर किनबेच

नेप्सेमा २५.८१ अंकको गिरावट, पाँच अर्बको सेयर किनबेच

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार २५.८१ अंकले घटेको छ । मंगलबारको तुलनामा बुधबार ०.९३ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ४४.४५ अंकमा ओर्लेको छ ।

बुधबार कारोबारमा आएकामध्ये ३० कम्पनीको मूल्य बढ्यो, २३५ कम्पनीको मूल्य घट्यो र ४ वटाको स्थिर रह्यो । सो दिन कुल १ लाख ४ हजार ५ पटकको सेयर किनबेचमा १ करोड २१ लाख ३४ हजार ३ सय ६० कित्ता सेयर खरिदबिक्री भए ।

ती किनबेचमा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, सामुहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से २५.८१ अंकले ऋणात्मक अवस्थामा बन्द भयो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij