Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एभरेष्ट कलरले आईपीओ बिक्री खुलायो

एभरेष्ट कलरले आईपीओ बिक्री खुलायो

काठमाडौं :  एभरेष्ट कलरले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलाएको छ।

कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री खुलाएको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन अवधि वैशाख २२ गतेसम्म रहेको छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij