Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गोरखामा १५ जनालाई सिंगुसले चिलेपछी…

गोरखामा १५ जनालाई सिंगुसले चिलेपछी…

गोरखा : गोरखामा सिंगुसले चिल्दा १५ जना भन्दा बढी बिरामी परेका छन् ।

गोरखा नगरपालिका–११ को रानादी टोलको एक रुखमा रहेका सिंगुसको समूहले चिल्दा २ दिनको अन्तरालमा १५ जनाभन्दा बढी बिरामी परेको स्थानिय सुरेन लामिछानेले बताए ।

उनका अनुसार गोरखा नगरपालिका–११ को तेह्र किलो (घुम्ती बजार)बाट छेवेटार तर्फ जाने सडक छेवैमा रहेको रुखमा रहेको सिंगुसको समूहले उक्त मार्ग भएर हिडने पदैल यात्रु र दुई पाग्रो तथा अन्य सवारी साधनमा सवार ब्यतीलाई चिलेको हो ।

सिंगुसले चिलेका मध्य केही ब्यतीहरु अस्पताल भर्ना भएको समेत १ जना स्थानियले बताए । उनका अनुसार एकै घर परिवारका ३ जनासम्मलाई सिंगुरले चिलेको थियो ।

उक्त घटना शुक्रबार र शनिबार भएको हो । स्थानियले उक्त मार्ग भएर पैदल वा सवारी नचलाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij