Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि तेन्जिङ र सुष्मालाई, मलेसियामा गल्फ खेल्न जाने

कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि तेन्जिङ र सुष्मालाई, मलेसियामा गल्फ खेल्न जाने

काठमाडौं : गोकर्ण गल्फ क्लबमा सम्पन्न 'कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ (गोकर्ण संस्करण)' को उपाधि तेन्जिङ छिरिङ र सुष्मा सिंहले जितेका छन्। शनिबार भएको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनीहरूले आ–आफ्नो विधामा बाजी मारेका हुन्।

शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङ छिरिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै पुरुषतर्फको मुख्य उपाधि हात पारे। उनले बोगी–रहित खेल प्रदर्शन गर्दै ८, ११ र १३ औँ होलमा बर्डी बनाएका थिए। यो जितसँगै तेन्जिङले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य आकर्षक उपहारहरू प्राप्त गरेका छन्। पुरुषतर्फ सयोग शाही ३७ अंकसहित उपविजेता बने। उनले सात ह्यान्डिक्यापमा खेल्दै काउन्टब्याकका आधारमा यो सफलता पाएका हुन्।

यस्तै, ताशी छिरिङले ३९ ग्रस अंकका साथ 'बेस्ट ग्रस' र पाँच बर्डी बनाउँदै 'मोस्ट बर्डीज' को दोहोरो उपाधि जिते। महिलातर्फ ३८ अंक जोड्दै सुष्मा सिंह विजेता बनिन्। उनले पनि पुरुष विजेतासरह मलेसियामा गल्फ यात्रासहितका पुरस्कारहरू प्राप्त गरेकी छन्। यसै विधामा तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता घोषित भइन्।

प्रतियोगिताको अन्य विधा अन्तर्गत ६० वर्षमाथिको सिनियरतर्फ बाबु शेर्पा ३६ अंकसहित विजयी भए। उनले अगाडिको नौ होलमा १५ र पछाडिको नौ होलमा २१ अंक जोडेका थिए। त्यस्तै, शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ र डार्टानियन गर्की ले ‘लङ्गेस्ट ड्राइभ’ को अवार्ड जिते।

गोरखा ब्रुअरी प्रा.लि.को प्रायोजनमा आयोजित यस प्रतियोगितामा कुल १११ खेलाडीहरूको सहभागिता रहेको थियो। ३/४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको प्रतियोगिताका विजेताहरूलाई गोरखा ब्रुअरीका वित्त निर्देशक अमर वैद्य, सेल्स निर्देशक काजिमान सुब्बा, मार्केटिङ निर्देशक रोजन् अमात्य र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुध्रिढ़ घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij