काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी गरिएको छ ।
यही वैशाखको चौथो सातासम्ममा एसईई नतिजा प्रकाशन गर्ने योजनाअनुसार द्रुत गतिमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बताए ।
उनका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम एक दुई दिनमा सकेर त्यसलाई रुजु गरिने छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ ।
गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो। यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij